Thursday, June 11, 2026

Font Size:

logo
1 years ago April 09, 2025 Visted:227

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


img

काठमाडौँ-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ ।

बैंकिङ समूह शून्य दशमलव शून्य तीन, र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन दुई दशमलव ४४, लगानी एक दशमलव ४८ र उत्पादन तथा प्रशोधन एक दशमलव ३६ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव २९, वित्त शून्य दशमलव ३४, जलविद्युत् शून्य दशमलव शून्य आठ र जीवन बिमा शून्य दशमलव २२ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीबन बिमा समूह शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव शून्य पाँच प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ४२ करोड ७५ लाख ६८ हजार चार सय ७७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी कुमारी इक्विटी फण्डको १० लाख १० हजार एक सय ७६ कित्ता शेयर किनबेच भएको छ ।

Share:

प्रतिक्रिया