Thursday, June 11, 2026

Font Size:

logo
1 years ago April 07, 2025 Visted:242

देशव्यापी आमशैक्षिक हड्तालको घोषणा, एसईई नतिजा प्रकाशनमा ढिलाइ हुने


img

 

काठमाडौँ । नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी आमशैक्षिक हड्तालको घोषणा गरेको छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर चैत्र २० गते बुधवारबाट सडक संघर्ष गरिरहेको महासंघले २५ गते सोमवारदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको हो।

काठमाडौँमा सडकमा महासंघले विगत केही दिनदेखि आन्दोलन गर्दै आएको छ।

शैक्षिक हड्तालका क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम बन्द गर्ने महासंघले जनाएको छ। जसले यस वर्षको एसईई नतिजा समेत प्रभावित हुने देखिएको छ । 

उसले सबै काम ठप्प पारेर आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेको छ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भन्दै महासंघ संघर्षमा उत्रिएको छ।

 


 

Share:

प्रतिक्रिया