Thursday, June 11, 2026

Font Size:

logo
1 years ago February 12, 2025 Visted:253

ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित


img

काठमाडौं । ग्यास व्यवसायी र सरकारबीच सहमति भएसँगै १५ दिनका लागि सबै आन्दोलन स्थगित गरिने भएको छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास व्यवसायीसँग भएको छलफलमा यस्तो सहमति भएको हो ।

सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको छ । त्यसका लागि १५ दिनसम्म आन्दोलन स्थगित गरिने सहमति भएको बताइएको छ ।

बैठकमा मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूबीच सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘छलफलका क्रममा नेपाल आयल निगमसमक्ष सङ्घले पेस गरेका मागहरूलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा सङ्घले आजका मिति देखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो ।,’ सचिवालयले भनेको छ ।

 

Share:

प्रतिक्रिया