Tuesday, July 28, 2026

Font Size:

logo
2 Years ago January 24, 2025 Visted:285

कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएका छन् : महानिर्देशक खत्री


img

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विद्यार्थीहरूलाई परामर्श दिन खुलेका कन्सल्टेन्सीबाट धेरै वैदेशिक ठगी भएको बताएका छन् ।

शुक्रबार विभागको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक खत्रीले कन्सल्टेन्सीबाट ठगी भएको भन्दै धेरै मुद्दा आउने गरेको बताए ।

कन्सल्टेन्सीहरूले विद्यार्थी भिसाको अलवा अन्य रोजगारसम्बन्धी भिसा दिएर विदेश पठाइरहेको उनी बताउँछन् ।

उनले भने, ‘सबैले संस्थाबाट मात्र वैदेशिक रोजगारीको लागि आवेदन दिनुपर्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले सम्झौताअनुरूपको सेवा सुविधा नपाए हामीले संस्थाको व्यक्तिलाई बोलाएर कारबाही गर्छौँ र क्षतिपूर्ति दिलाउँछौँ । यदि व्यक्तिमार्फत गएको छ भने हामीलाई पनि गाह्रो हुन्छ ।’

साथै, उनले आफूहरू वैदेशिक रोजगार विभागअन्तर्गतका सबै कामलाई प्रविधिमैत्री बनाउने प्रयासमा जुटिरहेको बताए ।

Share:

प्रतिक्रिया