Thursday, June 11, 2026

Font Size:

logo
1 years ago January 23, 2025 Visted:262

पन्ध्र वित्तीय संस्थाका सीईओ राष्ट्र बैङ्कको कारबाहीमा


img

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू नेपाल राष्ट्र बैङ्कको कारबाहीमा परेका छन् ।

ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैङ्कले सात वटा विकास बैङ्क र आठ वटा फाइनान्स कम्पनीका सीईओहरूलाई कारबाही स्वरूप सचेत गराएको हो ।

‘पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा ती संस्थाहरूबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशङ्का भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणबाट तयार गरी यस बैङ्कमा प्रतिवेदन पेस भएको छ,’ राष्ट्र बैङ्कको प्रतिवेदनमा भनिएको छ,

‘प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैङ्कबाट जारी सोसम्बन्धी निर्देशन उल्लङ्घन भएको हुँदा ७ वटा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड ९क० बमोजिम ती वित्तीय संस्थाका कार्यकारी प्रमुखलाई सचेत गराइएको छ ।’

जसअनुसार कारबाहीमा पर्ने विकास बैङ्कका सीईओहरूमा लुम्बिनी विकास बैङ्क, महालक्ष्मी विकास बैङ्क, कामना सेवा विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सालपा विकास बैङ्क, गरिमा विकास बैङ्क र सप्तकोसी डेभलपमेण्ट बैङ्कका छन् ।

यसै गरी कारबाही स्वरूप सचेत पाउने फाइनान्स कम्पनीका सीईओहरूमा समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

Share:

प्रतिक्रिया