Wednesday, July 29, 2026

Font Size:

logo
2 Years ago December 17, 2024 Visted:294

घुम्न लायक छन् खप्तडका लेकहरु


img


सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज २ सय २५ वर्गकिलोमिटरमा फैलिएको छ । समुद्री सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको निकुञ्ज विश्वकै राम्रो क्षेत्रमध्ये गनिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ ओटा पाटन छन् । खप्तड बाबाको कुटी त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गा जस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । सदियौंदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दसहरामा हजारौं तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान र सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच त्यहाँको प्रमुख आकर्षण हो ।  
सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ ओटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ । किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका एक भाइ भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् ।

प्रदेशकै अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ यस जिल्लाको पर्यापर्यटन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका ७७ जिल्लाका सय नयाँ  पर्यटकीय गन्तव्यहरुमध्ये यस जिल्लाको कोल्टी बुढीनन्दा (बडिमालिका पदमार्ग) बडिमालिका पर्दछन्  छन् ।
शब्दले जति सुन्दरताको ब्याख्या गरे पनि अपूर्ण नै हुन्छ बडीमालिका । जति हेरेपनि आँखा थाक्दैनन् ,  जति रमाउँदा पनि मन अघाउँदैन,  जति समय खर्चिएर घुमे पनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ । सुदूरको स्वर्ग नै हो बडिमालिका । प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाहा हुन्छ ।
सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थलहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् ।  लोपन्मुख प्रजातीका वन्यजन्तु तथा पशुपँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् ।
पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ बडीमालिकाले ।
सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिकाको संरचना । सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य हो । बाटोको असहजता, बसाइको व्यवस्थापन नहुँनु र राज्यको बेवास्ता हेर्दा बडीमालिका सुन्दरताले भन्दा आस्थाले मात्रै अडेको जस्तो लाग्छ । बालकदेखि वृद्धाहरु समेत नयाँ उर्जा र साहस सहित बडीमालिका यात्रा गरिरहेकै छन् । पाँच महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडीमालिका । अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालिकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ ।  स्थानीयले यस क्षेत्रलाई धार्मिक तिर्थ स्थलका रुपमा चिन्ने गर्दछन् । वर्षादका अरु महिना भेडा, च्याङ्ग्रा, घोडा, खच्चड र भै‌ंसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ ।  प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ ।
यति हुँदा पनि राज्यबाट केही नभएको चाही होइन । बडीमालिका नगरपालिकाले मार्तडी क्षेत्रबाट सोतासम्म ट्याक खुला गरेको छ । त्रिवेणी नगरपालिकाले पनि पर्यटन बोर्ड मार्फत काम अघि बढाएको छ । केही अवरोध नभए अर्को वर्षसम्म त्रिवेणी नजिक सडक बाटो पुग्ने अवस्थाले केही सहज हुने देखिन्छ ।
धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा बडिमालिकामा महादेवकी पत्नी सतिदेवीको बायाँ कुम पतन भएको शक्तीपिठको ?पमा परिचित छ । बडिमालिका माईको स्थललाई अझै संरक्षण र व्यवस्थापनको खाँचो छ । राज्यका तर्फबाट धर्मशालाहरु बन्दैछन् । स्थानीयहरुले पनि यहाँ आउने भक्तजनहरलाई खान र बस्नमा सहजिकरण गरिरहेकै छन । तर आधुनिकताको आडमा यहाँको प्राकृतिक मौलिकता र सुन्दरतामा कुनै खालको आँच नआयोस यस तर्फपनि राज्यको ध्यान जान जरुरी छ ।
बडिमालिकाको यात्रा गर्दा समुहमा गर्दा राम्रो मानिन्छ । आफूलाई चाहिने म्याट, टेन्ट, छाता, रेनकोट, लठ्ठी, सिलिपिङ्ग ब्यागसंगै एक जना गाईड लग्दा यात्रा सहज हुन्छ । ४२०० मिटरमा भएकोले लेक लाग्ने समस्या हुन सक्छ । त्यसको लागि प्राथमिक उपचारका औषधीहरु बोक्दा जोखिम कम हुन्छ । ३ दिनको पैदल यात्रा बाटोमा पानी तथा खानाको व्यवस्था नभएकोले थर्मस, कप, फलफुल तथा अमिलो नुनिलो चकलेट बिस्कुट साथै गुल्कोज बोक्दा खानामा समस्या पर्दैन । स्थानीयह?ले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्दै बडिमालिका माताको भजन र महिमा जप गर्दै हिँड्दा बाटो कटेको थाहा नै हुँदैन ।

खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा छ । सिलगढी पुग्न पूर्वपश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ वा नेपालगञ्जबाट हवाई यात्रा गरेर डोटी उत्रिन सकिन्छ । निकै अप्ठ्यारो गन्तव्यका रुपमा परिचित खप्तड तपस्याका लागि चर्चित क्षेत्र हो । यस क्षेत्रलाई ७ देखि १२ दिनसम्म अवलोकन गर्न सकिन्छ ।
 

Share:

प्रतिक्रिया