Thursday, June 11, 2026

Font Size:

logo
2 Years ago October 07, 2024 Visted:277

बाढी र पहिरो पीडितलाई प्रभु महालक्ष्मी इन्स्योरेन्सद्वारा २५ लाख रुपियाँ सहयोग


img

 मानसरोवर नेपाल काठमाडौँ, असोज २१ गते । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपियाँ  आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसदसमेत रहनुभएका प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपियाँकोे चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभयो ।

मुलुकलाई विपत्ती आईलागेको अवस्थामा राहत तथा पुर्नस्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भईरहेको उहाँको भनाई छ ।

बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दावी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताउनुभयो । 

Share:

प्रतिक्रिया