Tuesday, September 15, 2026

Font Size:

logo
1 years ago June 28, 2025 Visted:81

एसइई नतिजामा रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा अब्बल


img

असार १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा रुपन्देहीमा रहेका सामुदायिक विद्यालयहरू अब्बल देखिएका छन् । तिलोत्तमामा रहेको सामुदायिक विद्यालय शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले एसइईमा ४ जीपीए प्राप्त गरेका छन् ।

विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।

त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् । शान्ति नमूनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले जानकारी दिनुभयो । ‘‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्रअ लामिछानेले भन्नुभयो ।

शान्ति नमूनामा पाँच हजार विद्यार्थी अध्ययनरत छन् । शान्ति नमूनाले विगत वर्षमा पनि राम्रो नतिजा ल्याउँदै आएको थियो । त्यस्तै बुटवलको कालिका मानवज्ञान माविबाट सात जना विद्यार्थीले चार जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा सात विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो । कालिकामा सुदर्शन न्यौपाने, अस्मिना पराजुली, प्रशंसा पराजुली, आशिष केसी, प्रतिक पौडेल, स्वरूप न्यौपाने, सुजन बाह्रघरे र राम शर्माले चार जीपीए ल्याएका हुन् ।

त्यस्तै ३.६० देखि माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको थापाको भनाइ छ । कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर आठ हजार विद्यार्थी अध्ययनरत छन् । बुटवलको कान्ति माविका छात्र सिजल पन्थीले पनि चार जीपीए ल्याएका छन् । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविका छात्र आर्यन पौडेलले पनि फोर जीपीए ल्याएका छन् । त्यस्तैगरी नयागाउ मावि बुटवल १२ मा अध्ययनरत तीन जनाले चार जिपिए ल्याएको प्रधानाध्यापक पुरूषोतम भट्टराइले बताउनुभयो ।

त्यस्तै, रुपन्देहीकै सैनामैनामा नगरपालिकामा रहेको सैनामैना परोहा परमेश्वार मावि चार जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । त्यस्तै, यस क्षेत्रका संस्थागत विद्यालयतर्फ अब्बल मानिने न्यू होराइजन माविका ११ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । बुटवलकै अक्सफोर्ड माविका १० जना विद्यार्थीले पनि चार जीपीए हासिल गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो ।

पछिल्लो नतिजा अनुसार रामापुर मावि, सैनामैना एक जना, नवरत्न माध्यमिक विद्यालय, बुटवल दुई जना, कान्ति मावि, बुटवल एक जना, जनकल्याण मावि सैनामैना एक जना, सुनगाभा पब्लिक मावि सैनामैना एक जना, सिद्धेश्वर लालकुमारी मावि बुटवल एक जना, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल एक जना, यस्तैगरी ड्रिम भिजन स्कुल फर्साटिकर एक जना, दिप बोर्डिङ स्कुल बुटवल दुई जना, प्रभात इंग्लिस बोर्डिङ स्कुल, सैनामैना दुई जना, सैनामैना मोमोरियल एक जना, न्यु इन्भारमेन्ट तिलोत्तमा एक जना, तिनाउ इबो स्कुल बुटवल देविनगर दुई जना, गार्गी इ.बो.स्कुल बुटवल देविनगर दुई जना,न् यू लुम्बिनी ई.बो. स्कुल, देवदह चार जना, होराईजन गौतमबुद्ध मावि, तिलोत्तमा एक जना, एभरेष्ट ई बो स्कुल बुटवल एक जनाले चार जीपीए ल्याएका छन् ।

शुक्रबार साँझ प्रकाशित नतिजामा नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ रहेको छ । जसमध्ये देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० छन् । जसमध्ये रुपन्देहीका मात्रै ८७ जना छन् । 

Share:

प्रतिक्रिया