Tuesday, July 28, 2026

Font Size:

logo
1 years ago April 24, 2025 Visted:110

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र फर्किन सर्वोच्च अदालतको आदेश


img

शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग राखी आन्दोलन गरिरहेका शिक्षकहरूलाई सर्वोच्च अदालतले तीन दिनभित्र काममा फर्किन आदेश दिएको छ ।  शिक्षक महासंघको नेतृत्वको देशभरका शिक्षकहरू काठमाडौं आएर २० चैतदेखि प्रदर्शन गरिरहेका छन् । 

बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र शिक्षकहरूका जायज मागहरू पूरा गर्ने गरी तीन दिनभित्र शिक्षकहरू विद्यालयमा फर्की पठनपाठन गर्ने वातावरण बनाउन सरकारका नाममा आदेश गरेको हो ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै रिट दायर  गरेको रिटमा बिहीबार सुनुवाइ भएको हो । सर्वोच्चको यो आदेशसँगै अब शिक्षक आन्दोलन समाप्त हुने अवस्था आएको छ  ।

सर्वोच्चले शिक्षकहरूलाई तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न नगराउन आदेश जारी गरेको छ ।

Share:

प्रतिक्रिया